Bidesh Jane Mayalu Timilai Lyrics | Deepak Thapa | Old Nepali Song

Bidesh Jane Mayalu Timilai Lyrics
Vocal/Lyrics/Compose: Deepak Thapaविदेश जाने मायालु तिमीलाई
सम्झना बारम्बार छ मेरो
तिम्रो साथीलाई के को पिर
जिउँदो मर्ने यो अभागी देखेर
हिरा-मोति सुन-चाँदी सजिएर गयौ तिमी
विदेशमा गए पछि यो दुखिलाई भुल्यौ पनि
हिरा-मोति सुन-चाँदी सजिएर गयौ तिमी
विदेशमा गए पछि यो दुखिलाई भुल्यौ पनि
मेरो माया त्यस्तो होईन सुन, मेरो माया त्यस्तो होईन
सँगै जिउनु सँगै मर्नु त्यहिनैथ्यो मेरो माया
विदेश जाने मायालु तिमीलाई
सम्झना बारम्बार छ मेरो
तिम्रो साथीलाई के को पिर
जिउँदो मर्ने यो अभागी देखेर
सिन्दुर पोते हातमा चुरी रंगिएर डोली चढी
पल्टनेको धनको आशमा आमा-बाबुले दियो मन्जुरी
सिन्दुर पोते हातमा चुरी रंगिएर डोली चढी
पल्टनेको धनको आशमा आमा-बाबुले दियो मन्जुरी
मेरो माया नक्कली होइन सुन मेरो माया नक्कली होइन
सँगै हाँस्नु सँगै रुनु त्यहिँ नै थियो मेरो माया
विदेश जाने मायालु तिमीलाई
सम्झना बारम्बार छ मेरो
तिम्रो साथीलाई के को पिर
जिउँदो मर्ने यो अभागी देखेर
जिउँदो मर्ने यो अभागी देखेर
जिउँदो मर्ने यो दीपक देखेर