Rumal Chino Chha Lyrics | Pratap Das | PHOTO FIRIMMA 2 Lyrics



PHOTO FIRIMMA 2 lyrics | Rumal Chino Chha lyrics

छोडी जाने मायालाई बिर्सुं कसरी ।
झल्को आउंदा यो मुटुमा दुख्छ बेसरी । 
तिम्रै यादमा तड्पी तड्पी बांचिराख्या छु ।
छुट्ने बेला देको रुमाल साची राख्या छु ।।
रुमाल चिनो छ.. 2
यो पापी सँसारबाट बिदा लिनु छ..2
जिन्दगी नै तिमो नाम गरिदिनु छ ।

तिम्ले अर्कै रोजे पनि मैले रोज्दिंन ।
तिम्रो बारे नराम्रो कहिले सोच्दिन ।।
मैले भन्दा धेरै माया उस्ले गरोस है ।
मेरो भागको सबै खुशी तिम्लाई परोस है ।।
कांडा हैन फुलै फुल होस तिम्रो बाटोमा ।
रुनै परे मै रुला नि तिम्रो साटोमा ।।
रुमाल चिनो छ.. 2
यो पापी सँसारबाट बिदा लिनु छ..2
जिन्दगी नै तिमो नाम गरिदिनु छ ।

कहिले रुवाउँछ मायाले कहिले हासाउँछ ।
टाढा हुँदा आँखाबाट आँशु रसाउँछ ।।
दुई मुटुको साँचो कथा बोल्छ मायाले ।
आगोले झैं भतभती पोल्छ मायाले ।।
मिलन बिछोड पिरतीको गीतै रै'छ नि ।
पाउनु र गुमाउनु त रितै रै'छ नि ।।
रुमाल चिनो छ.. 2
यो पापी सँसारबाट बिदा लिनु छ..2
जिन्दगी नै तिमो नाम गरिदिनु छ ।

थाहा छैन कहां छौं, के गर्दै होलाउ ?
बिर्सियौ कि मायाले सम्झिदै रोलाउ ?
एकै झल्को देख्दा नि यो मन मान्थ्यो कि ।
भेटे तिम्लाई हुरुक्कै परान जान्थ्यो कि ।
छैन मलाई गुनासो तिम्रो घातैको ।
मर्नी बेलां पानी पाऊं तिम्रो हातैको ।
रुमाल चिनो छ.. 2
यो पापी सँसारबाट बिदा लिनु छ..2
जिन्दगी नै तिमो नाम गरिदिनु छ ।
Next Post Previous Post
No Comment
Add Comment
comment url