Taato Goli Lyrics | Maya Birani 2 | Mahesh Kafle Ft. Melina Rai

Manoj Shrestha
0

Taato Goli Lyrics

Taato Goli Maya Birani 2 Lyrics | Mahesh Kafle Ft. Melina Rai | Nischal Basnet, Swastima Khadka

ए माया झ्यालैमा किन जाली हालेको?
किन कुकुर पालेको?
घुर्दै हेर्यो भुकेन, नजिक जाँदा झण्डै टोकेन
घुर्दै हेर्यो भुकेन, नजिक जाँदा झण्डै टोकेन

ए माया हाम्रा बा, लाहुरे पल्टन कश्मीरमा
राइफल राख्छन् घरैमा
भेट्न न आऊ रातिमा, तातो गोली खाउला छातीमा
भेट्न न आऊ रातिमा, तातो गोली खाउला छातीमा

बाको बन्दुक लुकाईदिनु सानु तिमले सुटुक्कै
टोक्ने कुकुर बाँधी दिनु आउँछु म त लुसुक्कै
जुनेली टहटह जुनले थाहा पाउला
छिमेकीले चोर भनेर खेद्दा चाल पाउला
ए माया यो ठिटो, डर मानेर बस्दैन
भाक्दै दुलो पस्तैन
हातै समाई तानौला, पिरतीले तिमीलाई बानौला
हातै समाई तानौला, पिरतीले तिमीलाई बानौला

ए माया तिम्रो त, कुरै ठूलो जहिले नी
भर लाग्दैन कहिले नी
हिड्छौ बाटो भिरालो, घरको बाघ बाहिर बिरालो
हिड्छौ बाटो भिरालो, घरको बाघ बाहिर बिरालो

आउँछु भन्छौ भेट गर्न, मलाई आशमा पार्छौ
यसो भन्छौ, उसो भन्छौ बाहानामै टार्छौ
दिनै भरी आमासँग हुन्छौ मेला पातमा
बाले लौरी देखाउँछन्, हिँड्न दिन्नन् रातमा
ए माया यसरी, कहिले सम्म कुर्नी हो?
लगन कहिले जुर्नी हो?
अब झ्याप्पै आँटेर, जाम भो बरु डाँडोई काटेर
अब झ्याप्पै आँटेर, जाम भो बरु डाँडोई काटेर

ए माया, गाउँघरमा, कुरा काट्छन् साराले
हाम्रो यस्तो पाराले
सके लैजाऊ मागेर, जाँदिन है म त भागेर
सके लैजाऊ मागेर, जाँदिन है म त भागेर

माया यसै मर्छकी, मुटु रोप्छ छुराले
माया संकै लाग्छ है, मलाई तिम्रो कुराले
माया जन्ती लेर आऊ, डोली चढी जाउँला है
हाँसे सँगै हाँसौला, रोए सँगै रौंला है

Post a Comment

0Comments

Post a Comment (0)