Meri Maya phool Jasti Lyrics | Mr. Alone | Nepali Pop Song

Meri Maya fool jasti Lyrics

मेरी माया फुल जस्ती बस्छिन उनि नौ डाँडा पारि
मेरी माया भइन कस्ती बिताउँदी हो दिनहरु कसरी

चिहाइ दिन्छ लुकिछिपी जुनले साँझ
उनकै यादमा गाउँदा गीतहरु
अन्जानमा रसाउँछन इ नयन आज
नयन झर्छन आँसुका शीतहरु

मेरी माया फुल जस्ती बस्छिन उनि नौ डाँडा पारि
मेरी माया भइन कस्ती बिताउँदी हो दिनहरु कसरी

ए शित नयन इ मेरो आँखाबाट
क्षितिज पारी ओझेलमा परेछिन
साथ मेरो मायालुको छोडी आज
बिछोडको बेदनामा परेछिन

मेरी माया फुल जस्ती बस्छिन उनि नौ डाँडा पारि
मेरी माया भइन कस्ती बिताउँदी हो दिनहरु कसरी
मेरी माया फुल जस्ती बस्छिन उनि नौ डाँडा पारि
Next Post Previous Post
No Comment
Add Comment
comment url