Pahad Ko Mathi Mathi | Narayan Gopal, Asha Bhosle



The song "Pahadko Mathi Mathi" features vocals by Narayan Gopal and Asha Bhosle, with lyrics by Kusum Gajmer and Tulsi Ghimire, and music by Ranjit Gazmer.

Lyrics:
पहाडको माथी माथी
पहाडको माथी माथी, घुम्दै उडेर
आकाशको चारैतिर फैलिएर

पागल जस्तै उडि हिँड्ने,
बादल हौ, तिमी बादल हौ

बादल हो, त्यो बादल हो

पहाडको माथी माथी घुम्दै उडेर
आकाशको चारैतिर फैलिएर

पागल जस्तै उडि हिँड्ने,
बादल हो, त्यो बादल हो

बादल हौ, तिमी बादल हौ

खुसी परे सावनको झरी हुने,
दुखी भए हिउँदोको शीत बन्ने
खुसी परे सावनको झरी हुने,
दुखी भए हिउँदोको शीत बन्ने

रिसउठे भेल भई बगाई लाने
पागल जस्तै उडि हिँड्ने,
बादल हौ, तिमी बादल हौ

बादल हो, त्यो बादल हो

ए-है, ल-है, ल-है
ए-है, ल-है, ल-है

कहिलेकाँही घाम जुन लुकाइदिने
कहिले आफैँ पहाड बीच लुकी बस्ने
कहिलेकाँही घाम जुन लुकाइदिने
कहिले आफैँ पहाड बीच लुकी बस्ने

बिजुली भई कहिलेकाँही चम्किदिने
पागल जस्तै उडि हिँड्ने,
बादल हौ, तिमी बादल हौ

बादल हो, त्यो बादल हो

पहाडको माथी माथी घुम्दै उडेर
आकाशको चारैतिर फैलिएर

पागल जस्तै उडि हिँड्ने,
बादल हो त्यो बादल हो

बादल हौ तिमी बादल हौ

बादल हो त्यो बादल हो
Next Post Previous Post
No Comment
Add Comment
comment url