Manis Khoji Rahechu | Full Song With Lyrics

Manoj Shrestha
0


Manis Khoji Rahechu

गीत- मानिस खोजी रहेछु
स्वर- शिशिर योगी
रचना- डा. विश्वनाथ 'प्रेम'

Lyrics:
छाडेर काम सारा एक काम रोजिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु
भेटे कहि बताई हे राष्ट्रका बटुहि
रक्ष्यार्थ जन्मिएका छन कि सपुत कोही
यो प्रश्न ख्याल राखी सबलाई सोधिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु

आमा यदि नबाचे कसको प्यार पिउने
कुन काखमा रमाउने कसका निमित्त जिउने
मुर्छित मातृभूमि को प्राणको हरणमा
यो बिषको घडा जो पिउने छ ति रढमा
त्यस्ता परम् प्रतापी त्यस्ता अजय नायक
अवतार भएर मानौ भुभार हर्न लायक
(म त्यही महान मानव कुमार्ग खोपी रहेछु) २
यो देश मा म एउटा मानिस खोजि रहेछु

यो मूल घर ढलेमा ठाउँ कहाँ छ जाने
होला कुनै त बाटो जोडेर साथ लाने
पाएर शक्ति सत्ता गर्दैन जो कुकर्म
आफ्नै शरीर अरुको जो बुझ्छ भित्रि मर्म
संचेतना जगाई यो देश माथि लाने
आशा र उन्नति को दृष्टि दिएर जाने
(म त्यही नयाँ भविष्यको बिज रोपी रहेछु)२
(यो देशमा म एउटा मानिस खोजि रहेछु )२

Post a Comment

0Comments

Post a Comment (0)