
PANTIYA MAKAR MELA पन्तिया: मकर मेला | Yaman Shrestha / Nisha Deshar/ Suresh Adhikari /Newari Song
काभ्रेको पनौती नगरपालिकामा लाग्ने ऐतिहासिक १२ बर्षे मकर मेला यहि २०७८ साल माघ १ गते बाट सुरु भै माघ भरी एक महिना लाग्दैछ। पनौतीको मकर मेला आफैमा छुट्टै महत्व बोकेको मेला हो । यसमा कयौँ पौणीक कथाहरु छन् । सो मेलामा सहभागी भै त्रीबेणी घाटमा स्थान गर्नाले सम्पुर्ण पापबाट मुक्त भइने जन बिश्वास छ। स्वर्गका राजा ईन्द्रले सुन्दरी अहिल्यालाई छक्याई अनैतिक सम्बन्ध राख्दा शरीर भरी हजारौं योनि उत्पन्न हुँदा यसै त्रीबेणी घाटमा १२ बर्षसम्म इन्द्रले तपस्या गरेको तथा पापबाट मुक्ती पाएको किवदन्ती १२ बर्षे मकर मेला सङग सम्बन्धित छ । पछिल्लो वर्षहरुमा १२ बर्षे मकर मेलालाई आफन्तहरुसंग मिलन हुने अवसरको रुपमा पनि मनाउन थालिएको छ ।

Post a Comment Blogger Facebook