
हिटर र आगोमा बस्ने मानिसमा सुरुमा हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम हुँदै जाँदा चक्कर लाग्ने, वाकवाक लाग्ने, मन्द टाउको दुख्ने, कमजोरीपन, उल्टी हुने, आँखा धमिलो हुँदै जाने, छिटोछिटो श्वासको गति बढ्ने, मुटुको धड्कन बढ्दै जाने, जीउ काम्न थाल्ने, बेहोस अथवा अर्धचेत हुने हुन्छ। समयमै थाहा नपाए यही कारणले नै मानिसको मृत्यु हुन्छ।
लक्षण
- टाउँको दुख्ने।- वाकवाकी लाग्ने तथा बान्ता हुने।
- मुटुको धड्कन बढ्ने हुने।
- अक्सिजन कमी हुने हुँदा श्वास फेर्न गाह्रो हुने।
- चक्कर लाग्ने तथा बेहोस हुने।
यी लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श लिनुपर्छ । बन्द कोठामा धेरै जना बसेर रातभरि हिटरको प्रयोग गर्नु झनै जोखिमपूर्ण हुन्छ ।
शरीरमा अक्सिजनको कमी हुँदा शरीरको कोषिका मर्दै जान्छ र मानिसको मृत्यु हुन सक्छ।
Post a Comment Blogger Facebook