यसवर्ष बडादसैंको टीकाको साइत शुक्रबार (भोलि) बिहान १० बजेर १५ मिनेट जाँदा उत्तम रहेको ज्योतिषहरुले बताएका छन् । भोलि बिहान सवा ९ बजेर ५५ मिनेट जाँदा दुर्गा विर्सजन गर्ने साइत रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले हामीलाई बताए ।

आमसर्वसाधारणले टीका लगाउन साइत हेर्नुनपर्ने भएपनि सरकारले भने साइतमै टीका लगाउनुपर्ने उनको भनाइ छ ।

टीका थाप्ने व्यक्ति पश्चिम दिशामा र आर्शिवाद दिने व्यक्ति अर्थात् टीका लगाइदिने व्यक्ति पूर्व दिशामा फर्केर टीका लगाइदिँदा त्यो उत्तम हुने उनको भनाइ छ ।

यो वर्ष दशमी तिथि क्षय भएका कारण नवमी र दशमी एकैदिन परेको भन्दै समितिका अध्यक्ष गौतमले यसबाट कुनै अशुभ नहुने स्पष्ट पारे ।
- imagekhabar

Post a Comment Blogger

 
Top