काठमाडौं- साफ च्याम्पियनसिपअन्तर्गतको उद‍घाटन खेलमा नेपाल विजयी भएको छ। शनिबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशविरुद्ध २-० गोलले नेपाल विजयी भएको हो। खचाखच भरिएको रंगशालामा नेपालले राम्रो प्रदर्शन गर्‍यो। खेलको १८औं मिनेटमा अनिल गुरुङले पहिलो गोल गर्दै घरेलु दर्शकलाई उत्साही पारे। लगत्तै भरत खवासले ३२औं मिनेटमा दोस्रो गोल थप्दै नेपाली टोलीको गोल अन्तर बढाए। गोलसँगै अनिल र भरत दुबैले आफ्नो अन्तर्राष्ट्रिय खातामा ८-८ गोल लेखाएको छ। - nagariknews

दोस्रो गोलपछिको भिडियो हेर्नुस् :


पूरा खेल हेर्नुस्

Post a Comment Blogger

 
Top