हेटौँडा, ३० जेठ । पूर्व राजा ज्ञानेन्द्र शाहको हेटौँडा भ्रमणलाई भव्य बनाउन ५ सय १ सदस्यीय स्वागत समारोह समिति गठन गरिएको छ । हेटौँडाको दर्शन पार्टी प्यालेसमा आज भएको राजावादीहरुको भेलाले राप्रपा नेपालका केन्द्रिय सदस्य दीपकबहादुर सिंहको संयोजकत्वमा स्वागत समिति गठन गरेको हो ।
भ्रमणको समयमा एक लाख जनता उतार्ने तयारी भएको भनाईएको छ । असार ३ गते हेटौँडा आउन लाग्नु भएका पूर्व राजा ज्ञानेन्द्रले भुटनदेवी मन्दिरको दर्शनपछि होटल एभोकाडोमा विभिन्न महानुभावसँग भेटघाट गर्ने जनाईएको छ ।
- Naya Khabar

Post a Comment Blogger

 
Top