काठमाडौ, जेष्ठ ७ - फोब्र्स म्यागेजिनले सूचीमा राखेको नेपाली अर्बपति बिनोद चौधरीले श्रीलंकामा लगानी बढाउने भएका छन् । चौधरीले श्रीलंकाली सरकारसँग त्यहाँ ७ करोड ५० लाख डलर (६ अर्ब ६१ करोड बढी नेपाली रुपैयाँ) लगानीमा सिमेन्ट प्लान्ट खोल्ने प्रस्ताव राखेको डेली न्यूजले जनाएको छ ।
श्रीलंकामा एक शताब्दी पुरानो पत्रिकाले अनलाइनमा जनाएअनुसार चौधरीले आफ्नो बिभिन्न प्रोजेक्टका लागि श्रीलंकामा २० करोड अमेरिकी डलर लगानी गरेका छन् । सन् २००० मा ताज लंका होटलको महत्वपूर्ण सेयर खरिद गरेदेखि नै चौधरीले श्रीलंकामा लगानीको सम्भावना देखेको समाचारमा जनाइएको छ ।
श्रीलंकामा गृहयुद्ध चलेर पर्यटन क्षेत्रमा मन्दी हुँदा पनि हिम्मतसाथ लगानी गरेका चौधरीको दुरदृष्टि युद्धको अन्त्यपछि सही साबित भएको समाचारमा उल्लेख छ । उनले श्रीलंकाको जेट्वीङ ग्रुपसँग मिलेर लगानी गरेका छन् ।
चौधरीले श्रीलंकाली सरकारसमक्ष जेफ्फना पेनिसुलामा सिमेन्ट प्लान्ट खोल्न प्रस्ताव गरेको समाचारमा भनिएको छ । चौधरीले श्रीलंकामा चुनौतिका बाबजुत पनि आर्थिक बृद्धिको सम्भाव्यता देखेको उल्लेख छ ।
- eKantipur

Post a Comment Blogger

 
Top