चेलीबेली बेचबिखन रोक्न अनेकौ प्रयासहरु चलिरहेको छ । तर, चेली बेच्ने समस्या क्यान्सर झैं फैलन छोडेको छैन ।
 हो, ईराकी दलालहरुसँगको मिलेमत्तोमा ईराकमा महिला बिक्री गर्ने एक गिरोहका १० जना पक्राउ परेपछि अर्को एउटा चेलीबेली काण्डको पर्दाफास भयो । कुमारी भन्ने फुलकुमारी महार, दिलु भन्ने रामकुमारी राई, काभ्रेकी भरईसल लामा, अभिराज राई , हरी तामाङ, भोजपुरका कामी शेर्पा, डोमा शेर्पा, आङगलम्बु शेर्पा र बिक्रमराज श्रेष्ठलाई फरक फरक स्थानबाट पक्राउ गरिएको थियो । यो गिरोहले नेपाली चेलीहरुलाई श्रम स्वीकृत प्राप्त मुलुकमा लग्ने र उतैबाट ईराकमा लगेर बेच्ने गरेको प्रहरी अनुसन्धानले देखाउछ । यो घट्नाको पर्दाफास त्यति बेला मात्र भयो जब ओमानमा लाने भन्दै बेच्न ईराक पुर्याइएकी एक महिला उम्केर नेपाल आई प्रहरीमा उजुरी गरिन । Power News

Post a Comment Blogger

 
Top