१९ वैशाख, काठमाण्डौं । एक महिनाको बसाईपछि पूर्व युवराज पारस शाह सुधारगृहबाट बैंकक फर्किएका छन् । समितिभेज अस्पतालमा उपचारपछि पारसलाई बैंककबाट ७ किलोमिटर टाढा रहेको च्यान्चाई सुधार केन्द्रमा राखिएको थियो ।

स्रोतका अनुसार पारसलाई अहिले समितिभेज अस्पतालनजिकै अस्थायी अपार्टमेन्टमा राखिएको छ । अहिले उनलाई अस्पतालका डाक्टरहरुले नियमित स्वास्थ्य परीक्षण र निगरानी गरिरहेका छन् । - online khabar

Post a Comment Blogger

 
Top