१३ बैशाख, काठमाडौं । शुक्रबार एकै दिन सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाला सुनको मूल्य तोलाको ५३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको ५२ हजार ७ सय ५० रुपैयाँ तोकेको छ ।
शुक्रबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर ९ सय १० रुपैयाँमा करोबार भएको छ । चाँदीको भाउ लामो समयदेखि स्थिर रहेको थियो । तीन, चार र पाँच गते ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसपछिका दिनमा भने लगातार बढ्दै गएको छ । -onlinekhabar

Post a Comment Blogger

 
Top