काठमाडौ, फाल्गुन १९

 बैंककमा उपचार गराइरहेका पूर्व युवराज पारसको होस् खुलेको अस्पतालले जनाएको छ । उनको उपचार भइरहेको थाइल्यान्डको राजधानी बैँककमा रहेको समितिभेज सुखुम्भित अस्पतालबाट जारी विज्ञप्ति अनुसार उनले मान्छे समेत चिन्न थालेका छन्। यद्यपि, उनी अझै भेन्टिलेटर सपोर्टमा छन्।

Post a Comment Blogger

 
Top