मिस नेपाल २०१३ को ताज काठमाडौं इशानी श्रेष्ठले जितेकी छन् ।
राजधानीको प्रज्ञा प्रतिष्ठानमा बुधबार साँझ भएको अन्तिम स्पर्धामा १७ प्रतिस्पर्धीलाई उछिन्दै इशानीले ताज जितेकी हुन् । २१ वर्षीय इशानी डेन्टिस्टकी छात्रा हुन् । चित्रकला, नृत्य र भ्रमण रुचि भएकी उनी ५ फित ६ इन्च उचाइकी छन् ।
श्रेष्ठलाई मिस नेपाल- २०१२ श्रृष्टि श्रेष्ठले ताज पहिर्‍याइन् । उनले मिस नेपाल- २०१३ को ताजसहित ५० हजार रुपैयाँ पाएकी छन् । श्रेष्ठले आगामी मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

फस्ट रनर अप रोजिशा शाही र सेकेन्ड रनर अप सृतिमा शाह भइन् । शाहीले ३५ र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद पाइन् । सेकेन्ड रनर अप भएकी १९ वर्षीया रोजिशा बीबीए दोस्रो वर्षमा पढ्दै आएकी छन् । भारतको देहरादुनमा बीबीए तेस्रो वर्षमा पढ्दै आएकी २१ वर्षीया सृतिमा २१ वर्षकी छन् । - कान्तिपुर

Post a Comment Blogger

 
Top