सरकारले ‘पशुपति मन्दिर तथा पुजा व्यवस्था नियमावली’ लागू गरेपछि दश महिनामै झन्डै सात करोड रुपैयाँ भेटी संकलन भएको छ । गत बर्ष सरकारले पशुपति मन्दिरमा दैनिक भक्तजनहरुबाट जम्मा हुने भेटी पारदर्शी बनाउन ‘मन्दिर तथा पुजा व्यवस्थापन नियमावली २०६८’ लागू गरेको थियो । नियमावली लागू भएपछि दश महिनामा ६ करोड ७६ लाख ९४ हजार ५ सय ४८ रुपैयाँ आम्दानी छ ।जसमा भेटीबाट ४ करोड २४ लाख ३१ हजार ९ सय ८ रुपैयाँ र विशेष पुजावापत २ करोड ५२ लाख ६२ हजार ६ सय ४० रुपैयाँ संकलन भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

Post a Comment Blogger

 
Top