काठमाडौं, फागुन १६ -
 रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी वैधानिक रूपमा फर्केकालाई कोरियाले पुनः रोजगारी दिने भएको छ। कम्प्युटरमा आधारित कोरियन भाषा विशेष परीक्षा पास गरे यस्ता कामदारलाई पुनः रोजगारमा लगाउने निर्णय कोरियाले गरेको हो।

वैधानिक रूपमा फर्केकालाई पुनः रोजगार दिने कोरिया सरकारको निर्णयसँगै वैदेशिक रोजगार विभागले यस्ता कामदारको भाषा परीक्षा लिने प्रक्रिया अघि बढाएको छ।

'कामदारको रूपमा तीन वर्षको अवधि पुरा गरेर पुनः रोजगार प्राप्त गरी भिसा अवधिभित्रै नेपाल फर्केका कामदारलाई कोरियाले पुनः रोजगार दिने भएको छ। यसैअनुरुप कम्प्युटरमा आधारित विशेष भाषा परीक्षा लिने प्रक्रिया अघि बढाएका छौं,' वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका निर्देशक नारायणबहादुर थापाले जानकारी दिए। ----nagariknews

Post a Comment Blogger

 
Top